|

रौतहट : नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विकासका लागि विरोधको मानसिकता हटाउनुपर्ने बताएका छन्। रौतटहटको यमुनामाई गाउँपालिकाको झुनखुनुवामा शुक्रबार ५२ किलोमिटर सडकको शिलान्यास गर्दै वरिष्ठ नेता नेपालले यस्तो बताएका हुन्। 

विकासका लागि सबै एक हुनुपर्ने बताउँदै नेता नेपालले विकासमा कसैले पनि विरोध गर्न नहुने बताएका हुन्। देशले वाम गठबन्धनको स्थायी सरकार पाइसकेकाले अब देशले अर्थतन्त्रले ठूलो फड्को मार्ने बताए। उनले भने,‘वाम गठबन्धन एउटै पार्टी बन्ने भएपछि विकासविरोधीको केही पनि चल्दैन।’ 

यस्तै, माओवादी नेता तथा पूर्वसहरी विकासमन्त्री प्रभु साहले रौतहटमा अब विकासले फड्को मार्ने बताए। आफू सहरी विकासमन्त्री रहँदा रौतहटका विभिन्न सहरहरूलाई विकास गर्न तथा स्मार्ट सिटी बनाउनका लागि रौतहटमा देशमै सबैभन्दा बढी बजेटसहितको योजना ल्याएको बताए। देशले पाँच वर्षका लागि स्थायी सरकार तथा बलियो सरकार पाएको भन्दै साहले अब रौतहट अन्य जिल्लाभन्दा नमुना जिल्ला बन्ने दाबी गरे।

यसैबीच, वरिष्ठ नेता नेपाललाई देवाही गोनाही नगरपालिकाको धरहरीमा ६५ किलोको माला लगाएर स्वागत गरिएको छ।  ग्यास तथा सिलिन्डर चुल्हो वितरण समारोहमा नेता नेपाललाई जयकिशान माविले ६५ किलोको माला लगाएर स्वागत गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.