|

बारा : बाराको सिम्रौनगढमा शुक्रबार एक महिलाको शव फेला परेको छ। सिम्रौनगढ नगरपालिका–४ गंगानगरस्थित गहुँबारीमा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जानकारी दिएकोे छ।

महिलाको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। हत्या गरिएको महिलाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सर्वोश्री सिंहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.