सोलुखुम्बु : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ गुदेलमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। शुक्रबार साँझ हावाहुरीसँगै परेको चट्याङका कारण गुदेलकी ५६ वर्षीया रिजामली राईको मृत्यु भएको प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिए ।
चट्याङका कारण २५ वर्षीया शान्ति राई र १४ वर्षीया क्षितिज कार्की घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।