जनकपुरधाम : प्रदेश २ मा महिलालाई मन्त्री नबनाइएको भन्दै विभिन्न पार्टीका महिलाहरूले विरोध जनाएका छन्। समावेशी सिद्धान्तअनुसार सरकार गठन नभएको भन्दै धनुषास्थित अन्तरपार्टी महिला सञ्जालले असन्तुष्टि जनाएको हो।
सञ्जालकी अध्यक्ष मञ्जुकुमारी यादवको टोलीले मुख्यमन्त्री मो. लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउँदै संविधानको धारा ३८ को उपधारा ४ अनुसार राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक भएको स्मरण गरायो। यादवले महिलालाई राज्यमन्त्रीमा सिमित पारेको भन्दै तत्काल निर्णय सच्चाउन माग गरिन्।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राउतले विभिन्न कारणले महिलालाई मन्त्री बनाउन नसकिएको भन्दै पुनर्विचारका लागि पार्टी तथा मन्त्रिपरिषद्को बैठकका छलफल अघि बढाउने आश्वासन दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।