|

न्युजिल्यान्डविरुद्धको पाँचखेलको एकदिवसीय सिरिज इंग्ल्यान्डले जितेको छ। जोनि ब्यारिस्टोको सतकमा इंग्ल्यान्डले अन्तिम एकदिवसीय खेलमा शनिबार न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दे सिरिज ३-२ ले कब्जा गर्‍यो टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले दुई खेलाडीको अर्धसतकको मद्दतमा ४९ ओभर ५ बलमा अलआउट हुँदे २ सय २३ रन बनाएको थियो।

ओपनर मार्टिन गुप्टीलले ४७ रन बनाए। त्यसबाहेक अर्का ओपनर कोलिन मुन्रो शुन्य रनमानै आउट हुँदा कप्तान केन विलियमसन २४ तथा टोम लाथम १० रन बनाएर आउट भए। चापमानपनि चल्न सकेनन्। उनी शुन्य रनमानै आउट हुँदा हेनरी निचोल्सले ५५ रनको अर्धसतकीय पारी खेल्दै न्युजिल्यान्डलाई समालेका थिए तर अर्का भरपर्दा ब्याटसम्यान डे ग्रान्डहोमले पनि राम्रो प्रदर्शन गर्न नसक्दा ६ रनमा आउट भए।

यद्यपि, मिचेल सन्टनरले ६७ रन बनाउँदै इनिङलाई दुइ सय रन पार गराएका थिए। पछिल्लो क्रममा टिम साउदीले १० रन बनाउनु बाहेक अन्यको प्रदर्शन राम्रो रहेन्। जसका कारण एक बल अगावै न्युजिल्यान्ड अलआउट भयो।

२ सय २४ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएका इंग्ल्यान्डले न्युजिल्यान्डलाई हराउन धेरै मेहेनत गर्नु परेन ओपनर जानी ब्यारिस्टो र एलेकस हेल्सले पहिलो विकेटका लागि १ सय ५५ रनको साझेदारी गरे। ब्यारिस्टाले ६० बलमा १ सय ४ रनको सतकीय पारी खेल्दा हेल्सले ७४ बलमा ६१ रन बनाएका थिए। ब्यारिस्टोले आफ्नो पारीमा ९ चौका र ६ छक्काको विस्फोटक इनिङ सम्भव बनाए।

त्यस्तै जाए रुट २३ तथा बेन स्टोक २६ रनमा अविजित रहेको थिए । इएन मोर्गेन भने ८ रनमा आउट हूँदा इंग्ल्यान्डले ३२ ओभर ४ बलमानै लक्ष्य पुरा गर्दे सिरिज आफ्नो नाममा पार्न सफल भयो। यसअघि ४ खेलमा दुवै टिमले समान २-२ जित निकालेपछि अन्तिम एकदिवसीय निर्णायक मानिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.