|

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले दोस्रो स्थानमा कडा टक्कर दिँदै आएको लिभरपुललाई २-१ ले पराजित गर्दै तालिकामा ५ अंकको दूरी कायम गरेको छ।

युनाइटेडका लागि मार्कुस रासफोर्ड नायक बनेको खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो। रासफोर्डले खेलको १४ औं मिनेटमानै पहिलो गोल गरेका थिए। उनले रोमेलु लुकाकुको पासलाई सानदार गोलमा परिणत गरे। युनाइटेडका लागि रासफोर्डले नै दोस्रो गोल सम्भव बनाए। पहिलो हाफमा नै दुई गोलका अग्रता दिलाउने क्रममा रासफोर्डले २४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे।

लिभरपुलले दोस्रो हाफमा खेलमा फर्किने कोसिस गर्दै केही राम्रा प्रहार गर्‍यो तर उसका प्रहारहरू सफल भएनन् । यस्तोमा युनाइटेडका इरिक बेलीले ६६ औं मिनेटमा आत्माघाती गोल उपहार दिए पनि लिभरपुललाई खेलमा फर्किन पर्याप्त भएन। युनाइटेड र लिभरपुलको समान ३० खेलबाट क्रमस ६५ र ६० अंक छ। शीर्ष स्थानका सिटीको भने २९ खेलबाट ७८ अंक रहेको  छ।

शनिबार हारेसँगै लिभरपुल ६८ पटक म्यानचेस्टर युनाइटेडसँग लिग खेलमा पराजित भयो। यो कुनै पनि एक टिमविरुद्ध लिभरपुलको सर्वाधिक धेरै हार हो। युनाइटेडले जारी प्रिमियर लिगमा ३० मध्ये २० खेलमा जित निकाल्न सकेको छ। युनाइटेडले लिभरपुल विरुद्ध दुईपटक मात्र फ्रेममा बल प्रहार गर्‍यो र दुवै गोल हुन पुग्यो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.