|

धनगढी :  सेती अंचल अस्पतालको सर्जिकल वार्डको वेड नम्बर १ मा भर्ना गरिएकी १८ बर्षिय राधा चौधरीको अवस्थाले जोकोहीलाई भावुक तुल्याउँछ।

कुटाईले थिलथिलो भएकी राधा खुट्टादेखि टाउकोसम्मको दुःखाईले अस्पतालको शैय्यामा छटपटाइरहेकी छन्। उनलाई शारीरिक पीडा जति भइरहेको छ त्यो भन्दा सयौं गुणा बढी पीडा मानसिक छ। सयौं मान्छेकोबीचमा बोक्सीको आरोपमा लगातार ६ घण्टा मरणासन्न हुनेगरी कुटिनु परेको घटनाले उनलाई ठुलो मानसिक पीडा दिएको छ।

‘मेरो जस्तो पिडा अरु दिदी, बहिनीले भोग्नु नपरोस’, राधाले भनिन्, ‘तीन दिनदेखि केही खाएको छैन, खुट्टादेखि टाउँकोसम्म सबैतिर दुःखी रहेको छ।’ केही गल्ती नहँदा पनि सबैका अगाडि कुटपिट र दुव्र्यवहार गरेको घटना सम्झँदा बढी पोलिरेहको छ।

अपराधिरलाई कारबाही नभएसम्म आफू, बहिनी वा आमसँग यस्तै घटना दोहोरन्छ कि भन्ने त्रास उनको मनमा छ। ‘अपराधिमाथि कारबाही नभसम्म मेरो मनमा लागेको घाउ निको हुँदैन’ उनले भनिन् म घर फर्कन सक्दिन’। 

पीडित राधाले बोक्सी आरोपमा मरणासन्न हुने गरी कुटपिट र दुव्र्यजहार गर्ने २३ वर्षय रामबहादुर चौधरी, १८ वर्षीया किस्मती चौधरी र नाम नुलेका थप एकजनाविरुद्ध अस्पतालको शय्याबाटै शनिबार नै किटनी उजुरी दिएकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.