|
AFP

विद्रोहीको कब्जामा रहेको सिरियाको गुटा क्षेत्रमा सरकारी सेनाले नियन्त्रणमा लिएको छ।  सरकारी सेनाले पूर्वी गुटाकै सबैभन्दा ठूलो नगर डुमालाई घेरा हालेका छन्। राजधानी दमास्कस बाहिर रहेको सो नगर विद्रोहीको मुख्य अखडा हो।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सरकारी सेनाले थालेको अभियानमा सफलता मिल्दै गएको जनाएको छ। संस्थाका अनुसार सरकारी सेनाले सो क्षेत्रमा सैन्य अभियान थालेलगत्तै गुटा शहर दुई क्षेत्रमा बाँडिएको छ।

सरकारी सेनाले अर्को एक नगरसँगको विद्रोहीको सम्पर्कसमेत टुटाइदिएको छ। सरकारी सेनाको अभियानका क्रममा पछिल्लो समयमा यो क्षेत्रमा नौ सय सर्वसाधारणको ज्यान गइसकेको छ। यसैबीच संयुक्त राष्ट्रसंघीय सहायतासम्बन्धी एउटा समूह गुटामा सहायता सामग्री हस्तान्तरण गर्न सफल भएको छ।

युद्धग्रस्त पूर्वी गुटामा करिब चार लाख मानिको बसोबास रहेको र सात वर्षदेखिको सिरियाली गृहयुद्धका समयमा पहिलो पटक उनीहरुले यस्तो खालको सहयता पाएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.