खेलकुद

बार्साले मालागालाई हरायो, मेसीको तेस्रो सन्तान
SHARES

फागुन २७, २०७४

    स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले मालागालाई २-० ले पराजित गर्दै लिगमा दोस्रो स्थानको एथलेटिको म्याड्रिड भन्दा ११ अंकको अग्रता बनाउदै उपाधि नजिक पुगेको छ।

    मेसीले लिगमा २७ खेलबाट २४ गोल गरिसकेका छन् । शनिबार भने उनको तेस्रो छोराको जन्म भएकाले उनलाई छुट्टि दिएको थियो। मेसीले जारी सिजन पहिलो पटक ला लिगा मिस गरेका हुन्।

    उनले इन्सट्रग्राममा ब्लाकएण्डह्वाइट फोटो पोस्ट गर्दे अामा  छोरा र सबै परिवार सकुसल रहेको भन्दै श्रीमतीलाई धन्यवाद दिएका छन्। यसअघिनै मेसीका दुई छोरा छन्। ‘स्वागत सिरो!’ मेसीले इन्सट्रग्राममा लेखेका छन् ‘धन्यवाद भगवान सबैकुरा उत्कृष्ट भइरहेको छ। आमा र छोरा दुवै स्वास्थ्य छन्। हामी धेरै खुसि छौं।’

    खेलमा बार्सिलोनाका लागि लुइस स्वारेज र फिलिप कोउन्टीन्होले गोल गरे। लिग अंक तालिकाको पुछारमा रहेको मालगा विरुद्ध अधिकासं समय खेल आफ्नो नियन्त्रणमा राखेको बार्सिलोनाले १५ औं मिनेटमा अग्रता लिन सफल भयो। जोर्डि अल्बाको क्रसलाई स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। त्यस्तै फिलिप कोउन्टीन्होले २८ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाए। ओस्मान डेम्बेलेको पासमा कोउन्टीन्होले दोस्रो गोल सम्भव बनाएका थिए।

    पहिलो हाफमा २-० को अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा भने गोल थप्न सकेन्। रेलिगेशन जोनबाट माथि उठ्न संघर्षरत रहेको मालागा पहिलो हाफमानै १० खेलाडीमा सिमित बनेको थियो । बार्सिलोनाल २ गोल गरेपछि ३० औं मिनेटमा सामु गार्सिया रातो कार्ड खाँदै बाहिरिएपछि १ घण्टा १० खेलाडीमा मालागा सिमित भयो र अधिकासं समय डिफेन्सीभ बन्नु परेको थिायो। १० खेलाडीका बाबजुत थप गोल खानबाट भने मालगा जोगिन सफल भयो। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]