|

पति जेलमा हुँदा पत्नी घरमै गर्भवती भएको सुन्दा तपाईँलाई अनौठो लाग्न सक्छ तर लामो जेल सजाय भोगिरहेका प्यालेष्टिनी पुरुष पत्नी गर्भवती भएको र सन्तान जन्माएको खबर जेलमै सुनेर दंग परिरहेका हुन्छन्।

पति जेलमा रहेका महिलाले आफ्नै पतिको वीर्यबाट गर्भाधारण गरेका हुन्छन्। इजरायल र प्यालेष्टाइनको युद्धमा परेका धेरै युद्धबन्दीहरु इजरायली जेलमा रहेका छन्। इजरायली जेलमा बन्द रहेका प्यालेष्टिनीका परिवारलाई दुई सातामा एक पटक जेलमै भेटघाटका लागि समय दिइन्छ। ४५ मिनेटको उक्त समयभित्र सन्तानको चाहना पूरा गर्न पतिले पत्नीलाई लुकिछिपी वीर्य उपलब्ध गराउँछन्।

लामो समयका लागि जेल सजाय भएका तर सन्तान नभएकाहरूको हकमा विधिवत् रुपमै पत्नीलाई वीर्य दान गर्न सकिने प्रावधान छ। यसका लागि पति–पत्नीका साथसाथै परिवारले पनि कागजी प्रक्रिया पूरा गर्नुपर्छ। यो प्रक्रियाका लागि साक्षीको पनि आवश्यकता पर्दछ। तर सन्तान भएका श्रीमान् श्रीमतिले पनि लुकिछिपी लिनेदिने गर्छन्। 

वीर्य प्राप्त गरेपछि महिलाले गर्भाधान क्लिनिकमा गएर ‘आईभीएफ’ प्रविधिबाट गर्भाधान गरी सन्तान जन्माउँछन्। तीन वर्षको अवधिमा ३२ बालबालिका यसरी जन्मिएका छन्।

विधिवत् रूपमा वीर्य दान गरी लुकिछिपी ल्याएर जन्माइएका सन्तानको भविष्य अन्योलमै छ। जेलमा रहेका ती कैदीको सन्तानलाई इजरायली कानूनले चिन्दैन। परिणामत: त्यस्ता बालबालिकाले जेलमा रहेका आफ्ना पितालाई भेट्न पाउँदैनन्। उनीहरुका लागि आधिकारिक दस्तावेज, यात्रा अनुमतिलगायतका कागजात हासिल गर्न निकै चुनौतीपूर्ण रहने अन्तर्राष्ट्रिय समाचारसंस्थाले उल्लेख गरेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.