|

नुवाकोट : आइतबार भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

त्रिशुलीबाट काठमाडौ‌ं जाँदै गरेको बा ५ ख ७९८ नम्बर को बसले ठक्कर दिँदा विदुर नगरपालिका–३ का ईश्वरीलाल श्रेष्ठको मृत्यु भएको हो। बट्टारबजारस्थित सडक छेउमा हिँडिरहेका समयमा बसको ठक्करबाट ७५ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएकामा उपचारका क्रममा नुवाकोट सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए। श्रेष्ठलाई ठक्कर दिने बसका चालक विदुर–१२ का सबिन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी आइतबार बिहान मिनीट्रकको ठक्करले देवीघाटबाट गल्छी गइरहेको बा ७० प ४४२७ नम्बरको मोटरसाइकल चालक विदुर–९, कोलनीका तिलकबहादुर मिजारको मृत्यु भएको छ। ४७ वर्षीय मिजारलाई गल्छीबाट देवीघाट आउँदै गरेको बा ३ ख ६६६७ नम्बरको मिनीट्रकले रातमाटेमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.