|

बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा विश्वासको मत माग्दै प्रदेश समृद्ध बनाउने खाका सुनाएका छन्। संसद्मा विश्वासको मतका लागि सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले १२ जिल्लाहरुको विकासका लागि अशिक्षा, गरिबी र पछौटेपन मुख्य चुनौती रहेको बताए।

‘हामी अब अधिकारको राजनीति गरेर समय फाल्ने अवस्थामा छैनौं–उनले भने–राजनीतिक दल र नागरिक समाजको साथ लिएर यो प्रदेशलाई समृद्ध बनाउनका लागि योजनाहरु लिएर अघि बढ्नेछौं।’

संसद्मा झण्डै १ घण्टा समय लिएका उनले प्रदेशका उपमहानगरहरुलाई जोडेर महानगर बनाएर महानगर आधारित उत्पादन पकेटहरु निर्माण गर्ने बताए।

उनले शहरहरुको आफ्नै पहिचान स्थापित गर्ने बताउँदै हरेक शहरको मौलिकता झल्किने खालको आर्किटेक्चर तयार पारेर कार्यान्वयनमा ल्याउने बताए।

उनले सम्बोधनका क्रममा प्रदेशका पर्यटकीय र ऐतिहासिक स्थलहरुको विशेषता उल्लेख गर्दै पहिचान र सम्भावनायुक्त प्रदेशको रुपमा विकास गर्ने बताए। ‘अहिले हामी आर्थिक विकासका हिसाबले चौथो स्थानमाा छौं–उनले भने–हामी पहिलो नम्बरमा आउने गरी काम गर्नेछौं।’

अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरु बनाउने बताउँदै उनले जनताको पूँजी परिचालन र निजी क्षेत्रको सहभागितामा विकासको यात्रामा अघि बढ्ने सुनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.