|

रुकुम : पश्चिम रुकुम चौरजहारी नगरपालिका १३ मा आगलागी भएको छ। शनिबार बेलुका स्थानीय प्रकाश बुढाथोकीको घरमा आगलागी हुँदा घरगोठ र धनमाल समेत जलेर नष्ट भएको हाे। 

नगरपालिका वडा अध्यक्ष टंक ओलीकाअनुसार आगलागीबाट एउटा घर पूर्ण रुपमा क्षति हुनुका साथै गाेठ र घरभित्रको अन्न, कपडा र नगद २ लाख ८० हजार नगद समेत नष्ट भएको परिवारले बताएको छ। 

परालको टौवाबाट सुरु भएको आगो घरमा सल्किएको थियो। आगलागीबाट मानवीय क्षति नभएपनि गोठसँगै बाँधिएका ३ बाख्रा मरेका छन्। आगलागीका कारण १३ लाख बराबरको क्षति भएको जनाइएको छ। आगलागी पीडित परिवार अहिले छिमेकीको घरमा बसेका छन्।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.