|

काठमाडौं :  नेपाली कांगरेसका नेता विजयकुमार गच्छ्दारले कांग्रेसले प्रधानमन्त्रीको पक्षमा मत हाल्न नसक्ने विषयमा संसदमा जानकारी गराएका छन्। सोमबार संसद कांग्रेसको तर्फबाट बोल्दै गच्छदारले सत्ता पक्ष र प्रतिपक्ष विनाको सदन नहुने बताउदै प्रतिपक्षमा रहने बताएका हुन्।

उनले मत नहाले पनि प्रतिपक्षमा जिम्मेवार प्रतिपक्षको भूमिका निभाउने बताए।  उनले सरकारको गुणा दोषको आधारमा पक्ष विपक्षमा उभिने जानकारी गराए।
उनले यसअघि प्रतिपक्षमा रहँदा कांग्रेसले खेलेको भूमका जस्तै अहिले पनि भूमिका निभाउने गच्छ्दारले बताए।

नेता गच्छ्दारले नेपाली जनताले पाउँने अधिकार संविधानबाट पाइसकेको अवस्थामा प्रधानमन्त्रीले गरेको प्रतिवद्धता अनुसार काम गर्नको लागि आग्रह गरेका छन्। 
कांग्रेस संसदीय दलका उपनेता समेत रहेका गच्छ्दारले कम्तिमा १०० दिन सम्म 'हनि मुन' पिरेड हेर्छौ र 'वाच डगको रुपमा काम गउने प्रतिक्रिया दिए। 

देशको सबै परिवर्तनको अान्दोलनमा नेतृत्व कांग्रेसलनै गरेको दाबी गर्दै गच्छ्दारले कांग्रेले असल प्रतिपक्षको भूमिका निभाउने बताए। उनले प्रतिपक्षमा बसेर जिम्मवरारी बहन गर्ने बताउँदै विपक्षमा भोट हाल्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.