|

त्रिशूली (नुवाकोट) : नुवाकोटको त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस आइतबार दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। 

त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको बा १ ख ६५१९ नंको लोकल बस विदुर नगरपािलका- ५ पीपलटारस्थित चन्द्रज्योति मावि अगाडि दिउँसो २ः३० बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेको विदुरस्थित नुवाकोट सिटी हस्पिटलमा उपचार भइरहेको छ। घाइतेमध्ये गम्भीर एकजनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ। बक बिग्रिएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ। 

यस्तै आइतबार नै त्रिशूलीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख ७९८ नं को बसको ठक्करबाट बट्टारमा पैदलयात्री विदुर नपा -३ फिर्केपका ७६ वर्षीय ईश्वरीलाल श्रेष्ठको मृत्यु भएको छ। आइतबार नै बेलकोटगढी नपा–७ कल्चडीस्थित गल्छी त्रिशूली सडकखण्डमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ। 

देवीघाटबाट गल्छीतर्फ जाँदै गरेको वा ३ ख ६६६७ नंको टिपरले गल्छी त्रिशूली सडकखण्डको कल्चेडीमा वा ७० प ४४२७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नपा–९ कोलोनीका तिलकबहादुर मिजारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.