अर्थ

निर्माणाधीन खिम्ती– २ आयोजनामा चीनले ९ अर्ब रुपैयाँ लगानी गर्ने
SHARES

फोटो: फाइल
फागुन २७, २०७४

    काठमाण्डौं : चीनले नेपालमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन जलविद्युत आयोजनामा हालसम्मकै सबैभन्दा ठूलो लगानी गर्ने भएको छ। चीनको छोङछिङ वाटर एण्ड टर्वाइन वर्क्स कम्पनीले पिपुल्स इनर्जी लिमिटेडद्वारा निर्माणाधीन खिम्ती– २ जलविद्युत आयोजनामा करिब नौ अर्ब रुपैयाँ लगानी गर्ने भएको हो।

    ४८.८ मेगावाटको खिम्ती– २ निजी क्षेत्रले निर्माण गरिरहेको मध्ये ठूलो आयोजना हो। चीनको सरकारी हाइड्रो कम्पनीले नेपालको विद्युत क्षेत्रमा निजी क्षेत्रसँगको साझेदारीमा पहिलो पटक यति ठूलो लगानी गर्न लागेको हो।

    यससम्बन्धी सम्झौतापत्रमा आगामी १४ मार्चमा छोङछिङमा सम्झौता हुँदै छ। सम्झौताका लागि पिपुल्स इनर्जी लिमिटेडका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्य नेतृत्वमा ८ सदस्यीय टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ। 

    आचार्यले सम्झौतापछि निजी क्षेत्रले जलविद्युतमा चिनियाँ लगानी भित्र्याउने ढोका खुल्ने प्रतिक्रिया दिए। ‘चीनसँग पैसा छ, हामीसँग पानी छ’, आचार्यले भने, ‘हामीले सम्झौता गरेपछि नेपालको जलविद्युतमा निजी क्षेत्रका लागि चीनबाट ठूलो लगानी ल्याउने ढोका खुल्नेछ।’ आचार्यको टोलीले चीनको थ्री गर्जेजलगायत जलविद्युत कम्पनीको समेत अध्ययन भ्रमण गर्नेछ।
     

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक र समसामायिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]