|

जनकपुरधाम : नेपाल उखु उत्पादक महासंघ नेपालले उखु किसानहरूले तत्काल उखुको भुक्तानी नपाए आन्दोलन गर्ने चेतावनी दिएकाे छ। महासंघले आइतबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउँदै तत्काल मूल्य निर्धारण नहुन्जेलसम्म उखु क्रसिङ सुरु गरे पनि उखु सकिनै लाग्दासमेत किसानले भुक्तानी नपाएको गुनासो गर्दै तत्काल भुक्तानी नपाए आन्दोलन गर्ने चेतावनी दिएकाे हाे।

महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले बुझाएको ज्ञापनपत्रमा उखु क्रसिङ सिजन २०७४/०७५ मा उखुको मूल्य तय नभएसम्म आर्थिक वर्ष २०७३/०७४ को मूल्य निर्धारणअनुसार ५३१ रुपैयाँ २० पैसाका दरले उखुकाे मूल्य तिर्ने किसान र चिनी उत्पादक महासंघबीच सम्झौता भएकाे थियाे। उद्योग संचालन भएको तीन महिना बित्न लाग्दासमेत सहमति लागू नभएको महासंघले आरोप लगाएकाे छ, जबकि किसानले उखु बुझाएको ३० दिनदेखि ४५ दिनभित्रमा भुक्तानी गर्ने प्रावधान छ। तर उखु किसानले अर्बौं रुपैयाँ भुक्तानी नभएर समस्या भाेग्नुपरेकाे ज्ञापनपत्रमा उल्लेख गरिएकाे छ।

अहिले उखु काट्नका लागि लगाइएको कमदारको श्रम तथा रोपाइँकाा लागि चाहिने आवश्यक सरसामग्री जुटाउन धौधौ परेकाले किसानले बुझाएको उखुको भुक्तानी दिन माग गरिएको हाे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.