|

काठमाडौं : वैदेशिक रोजगार विभागले पुनः वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको अनुगमन गर्ने भएको छ। तीन महिनादेखि रोकिएको म्यानपावर कम्पनीको अनुगमन विभागले आउँदो सातादेखि सुरु गर्न लागेको जनाएको छ।

विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले मलेसियालगायत खाडी मुलुकमा जानेका लागि निःशुल्क भिसा र टिकटको व्यवस्था गरिएको अवस्थामा समेत व्यवसायीले न्यूनतमको रसिद थमाएर प्रतिव्यक्ति लाखभन्दा बढी असुल गरेको भन्ने उजुरी आएकाले त्यस्ता कम्पनीको तत्काल अनुगमन गरी कारवाही गर्ने तयारी भएकाले अब पहिलो प्राथमिकतामा राखेर काम गर्ने गरी तयारी गरेको पनि जानकारी दिए।

केही समयअगाडि अनुगमनको कामलाई तीव्र बनाएर केही म्यानपावर कम्पनीलाई कारवाही समेत गरेको विभागले पछिल्लो समय भने कमएचारीको अभाव देखाउँदै तीन महिनायता अनुगमनको कार्य ठप्प बनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.