|

नुवाकोट : त्रिशूलीबाट देवीघाटतर्फ गइरहेको मिनीबस दुर्घटना हुँदा गम्भीर घाइते भएकामध्ये दुई जनाको आइतबार राति मृत्यु भएको छ।

विदुर नगरपालिका–५ पिपलटारका २७ वर्षीय ईश्वर नेपालीलाई थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा र सोही स्थानका २५ वर्षीया बिमला डंगोलको उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए।

त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको बा १ ख ६५१९ नम्बरको बस गुडिरहेको समयमा आइतबार अपराह्न पांग्रा खुस्किएर विदुर नगरपालिका–५ पिपलटारमा दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बेलकोटगढी नगरपालिका–८ जिलिङका ३५ वर्षीय गुरुप्रसाद नेपाल र उनको पाँच वर्षीय छोरा प्रवेश नेपाल, धादिङ बैरेनीका ३७ वर्षीया दीपा सुनारलाई थप उपचारका लागि काठमाडौ पठाइएको प्रहरीले जनाएको छ। अन्य चार जना घाइतेको जिल्लास्थित नुवाकोट सिटी अस्पताल विदुर र सञ्जीवनी अस्पताल बट्टारमा उपचार भइरहेको छ।

घाइते भएका नौ जनाको अवस्था सामान्य भएपछि घर फर्किएका छन्। दुर्घटना भएको गाडीधनी एवम् चालक विनपा–५ पिपलटारका देवेन्द्रराज गजुरेललाई कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.