विश्व

माओत्से तुङकै हैसियतमा सी, अनिश्चिकालसम्म सत्तामा रहने बाटो खुल्यो
SHARES

फागुन २८, २०७४

    चीनको नेसनल पिपुल्स कंग्रेसले दुई कार्यकालमात्रै राष्ट्रपति रहन पाउने व्यवस्था अन्त्य गर्ने संविधान संशोधनलाई अनुमोदन गरेको छ।

    संविधान संशोधनले राष्ट्रपति सी जिनपिङलाई सन् २०२३ मा कार्यकाल समाप्त भएपछि पनि अनिश्चितकालसम्म सत्तामा रहिरहने बाटो खोलिदिएको छ।  दुई हजार ९ सय ६४ प्रतिनिधिमध्ये दुई जनाले मात्रै विपक्षमा मत हालेका थिए। तीन जना अनुपस्थित थिए।

    अन्य देशको संसद जस्तै कंग्रेस चीनको सबैभन्दा शक्तिशाली कानुन बनाउने निकाय हो। चीनले राष्ट्रपति पदमा बहाल रहने समयसीमा दुई कार्यकालका लागि सन् १९९० को दशकमा तय गरेको थियो।

    राष्ट्रपति सीले आफ्ना सम्भावित उत्ताराधिकारी प्रस्तुत गर्ने प्रचलन गत अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेसनमा तोडिदिएका थिए। त्यसको साटो उनले राजनीतिक शक्ति आफूमा केन्द्रित गरेका थिए र पार्टीको विधानमा आफ्नो नामसहितको राजनीतिक विचारधारा लेखाउन सफल भएका थिए। त्यसबाट उनको हैसियत चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्से तुङकै तहमा पुगेको थियो।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]