खेलकुद

प्रिमियर लिगमा आर्सनल र टोटह्याम विजयी, सिटी तालिकाको शीर्षमा कायमै
SHARES

फागुन २८, २०७४

    इङलिस प्रिमियर लिग फुटबलमा आइतबार राति भएका खेलमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन्। आइतबार राति भएको खेलमा लिग तालिकाको तेस्रो स्थानमा रहेको टोटनह्यामले बर्नमाउथलाई ४–१ ले पराजित गरेको हो। 

    टोटनह्यामका लागि हिउङ मिन सनले दुई गोल गर्दा डेले अली र सर्जी औरीएरले एक एक गोल थपे। बर्नमाउथका जुनियर स्टानिस्लासले एक गोल फर्काए। प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले वाट्फोर्डलाई ३–० ले पराजित गर्‍यो। आर्सनलका लागि खोद्रान मुस्ताफी, पिएरे एमरिक औबामायङ र हेन्रीक कख्तरीयानले एक–एक गोल गरे ।

    प्रिमियर लिग फुटबलमा सोमबार राति लिग तालिकाको शीर्ष स्थामा रहेका म्यान्चेस्टर सिटीले स्टोक सिटीसँग खेल्नेछ। तालिकामा २९ खेलबाट ७८ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै छ।

    एक खेल बढी खेलेको म्यानचेस्टर युनाइटेड ६५ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्याम हट्सपरको ६१ अंक छ। ६० अंकको साथ लिभरपुल चौथो तथा ५६ अंकसहित चेल्सी पाँचौ स्थानमा सेमटिएको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]