|

युनाइटेड अरब इमिरेट्स (युएई) को शारजहाँबाट टर्कीका लागि उडेको एक निजी विमान इरानको तेहरान नजिक दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।

शारजहाँबाट इस्तानबुलका लागि उडेको निजी विमान इरानको तेहरानभन्दा ४०० किलोमिटर पश्चिम शार ए खोर्ड जिल्लामा दुर्घटना ग्रस्त भएको इरानी समाचार संस्थाले जनाएका छन्।

उक्त विमानमा दुर्घटना हुँदा टर्कीका व्यापारी हुसेन बसरनकी छोरीसहित उनका सातजना साथी र विमानका तीन कर्मचारीसहित ११ जनाको ज्यान गएको हो।

उनीहरु विवाह पार्टीमा सहभागी भई स्वदेश फर्किँदै थिए। केही दिनअघि मात्र उनले सामाजिक संजाल इन्स्ट्राग्राममा आफ्ना सातै जना साथीको फोटो राखेकी थिइन्। व्यापारी बसरले टर्कीमा आफ्नी छोरी मीनाको नाममा मीना टावर बनाएका छन् भने उनी बहराइनको बैंक बहराइन मिडलइस्ट बैंकका लगानीकर्ता पनि रहेको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.