|

अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक माइक पोम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको भेटवार्ताका चुनौतीबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राम्रोसँग जानकार रहेको प्रतिक्रिया दिएका छन्।

पोम्पले चुनौती सामना गर्दै समस्या समाधानमा राष्ट्रपति ट्रम्प लागेको बताए। यसअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग हुने वार्ताले सबैभन्दा ठूलो सम्झौता हुने बताएका थिए।

वार्ता असफल भए त्यसले दुई मुलुकबीच ठूलो संकट निम्त्याउने उनको भनाइ छ। सीआईएका निर्देशक पोम्मले चुनौती सामना गर्न उत्तर कोरियाको दूरदृष्टि आवश्यक रहेको पनि बताए। पोम्पले उत्तर कोरियालाई वार्तामा ल्याउन अमेरिकी नेतृत्वको नाकाबन्दीले बाध्य बनाएको दाबी गरे। नाकाबन्दीकै कारण उत्तर कोरियाको आर्थिक अवस्था कमजोर हुँदै गएपछि उसलाई दबाब बढेको पोम्पको भनाइ थियो।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.