काठमाडौं : तेस्रो झापा गोल्डकपको उपाधिका लागि सोमबार आयोजक झापा–११ र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुँदैछ। खेल बिर्तामोडस्थित डोमालाल रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ।
सेमिफाइनलमा मनाङलाई हराएर आर्मी फाइनलमा पुगेको हो। थ्रीस्टारलाई पछि पार्दै झापाले फाइनल यात्रा तय गरेको हो।
यो वर्ष झापा– ११ को पहिलो उपाधि भिडन्त हो। आर्मीले यसअघि ६ वटा गोल्डकप जितिसकेको छ।
झापा गोल्डकपका विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।