|

काठमाडौं : कैलालीको टीकापुर घटनाका मुख्य योजनाकारको अारोपमा पक्राउ परेका रेशम चौधरीको रिहाइको माग गर्दै थारु कल्याणकारिणी सभा नवलपरासीले सोमबारदेखि आन्दोलन गर्ने भएको छ।

कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीलाई रिहा गर्नुपर्ने र सांसद्को प्रमाणपत्र दिनुपर्ने माग राखी कल्याणकारिणीले चरणबद्ध आन्दोलन थाल्ने बताएको हो। विरोधसभा, प्रदर्शन, मसाल जुलुस, जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ।

चैत १० गते सम्म पहिलो चरणको आन्दोलन गर्दा सुनुवाइ नभए थप आन्दोलन गर्ने थारु काल्यणकारिणीसभाले जनाएको छ। 

कैलाली जिल्ला कारागारमा आमरण अनशनमा थालेका चौधरीको स्वास्थ्य अवस्था बिग्रिँएपछि  धनगढीस्थित सेती अञ्चल अस्पतालबाट 'रेफर' गरी काठमाडौंस्थित वीर अस्पतालको 'क्याबिन'मा राखेर उपचार भइरहेको छ।

चौधरीलाई कर्तव्‍य ज्यान, डाँका–चोरी, ज्यान मार्ने उद्योग गरी ३ वटा मुद्दा लागेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.