देश विकासको लागि सबै बहुलाएरै लाग्‍नुपर्नेमा जोड

|
फाइल फोटो

काठमाडौं : उद्योग, वाणिज्य तथा  आपूर्तिमन्त्री मातृकाप्रसाद यादले प्रणाली (सिस्टम)मा बसेर पैसा खाने प्रवत्ति अन्त्य गर्ने प्रयासमा सरकार रहेका बताएका छन्। उनले एक किसिमको सिस्टम बनाएर पैसा असुली गर्ने प्रम्परागत रोग भएको बताउँदै त्यसको अन्त्य गर्न बताए। 

'तपाईंहरुले सुन्नु भएको होला मातृकाले अनुगमन गर्न रोक्यो अरे, यो कुनै कुनै नियत हैन सिस्टममा बसेर पैसा खाने प्रवृत्ति अन्त्य गर्न थालिएको हो' सोमबार नेपाल घरेलु तथा साना उद्योग महासंघको साधरणसभामा मन्त्री यादवले भने। उनले मिडियादेखि हरेक तह र तप्काका राज्यको तर्फबाट अनुगमन भइरहने समेत बताएका छन्। उनले एकपटक सबैले सुधार गर्ने मौका पाउनेसमेत बताएका छन्। 

देश विकासको लागि सबै सबै तहमा बसेर काम गेर्नहरु बहुलाहुनुपर्ने मन्त्री यादवको भनाइ थियो। 'देश विकासको लागि हामी सबै एकपटक बहुलाऔँ' मन्त्री यादवले भने, 'हाम्रो तराईंमा दिउँसो कसैले विहे गर्ने भन्यो भने त्यहाँ कस्तो बहुलाह भन्छन्, पुरानो परम्परा तोडेर नयाँ ढंगले काम गर्नेलाई यहाँ बहुलाह भनिन्छ त्यसैले देश विकासको लागि एकपटक सबै बहुलाऔँ।'

मन्त्री यादले हरेक कार्यक्रममा निर्यात वृद्धिको बहस हुने गरेको विषय औँल्याउँदै निर्यात प्रवर्द्धनभन्दा उत्पादन वृद्धि र आत्मनिर्भर बन्नेतर्फ लाग्नुपर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.