|

काठमाडौं : नायक दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म 'नेप्टे'को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा प्रेम, रोमान्स, द्वन्द्वलाई देखाइएको छ।

कमेडी संवाद तथा सिनलाई बढी प्राथमिकता दिइएको ट्रेलरमा ए गुरुङ, बुद्धि तमाङ, रोहित रुम्बा, छुल्ठिम गुरुङ फिचरिङ छन्। यस फिल्ममा दयाहाङ राईलाई नकारात्मक भूमिकामा देख्न सकिन्छ।

'आर रोशनी फिल्म्सको व्यानरमा निर्माण भएको फिल्म नेप्टेलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका छन्। फिल्ममा रोहित रुम्बाको लगानी रहेको छ। फिल्मको कथा पनि रोहितले नै लेखेका हुन्।

चैत ३० मा रिलिज हुने यस फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व, हरि घले लामाको छायांकन, तारा थापा 'किम्भे'को सम्पादन रहेको छ।

हेर्नुहोस् ट्रेलर :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.