|

काठमाडौं  : त्रिभुवन विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ। दुर्घटनामा हताहत भएको संख्याको यकिन विवरण आएको छैन। विमानमा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ।
विमानबाट सुरक्षाकर्मीहरूले उद्धार गर्ने काम जारी छ। घाइते यात्रुहरूलाई काठमाडौंका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। प्राप्त सूचनाअनुसार काठमाडौं मेडिकल कलेज सिनामंगलमा २४ जनाको उपचार जारी छ। केहीलाई नर्भिक अस्पताल लगिएको छ भने केहीलाई उपचारका लागि बाँसबारी न्युरो अस्पताल लगिएको प्राप्त समाचारमा जनाइएको छ। 

अस्पतालमा घाइतेहरूलाई भेट्न आफन्त र परिवारजनहरूको बाक्लो उपस्थिति रहेको छ।

विमानस्‍थलदेखि अस्पतालसम्मका केही दृश्‍य झलक

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.