|

काठमाडौं : केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक 'चल्दै छ कोहलपुर एक्सप्रेस' बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर/संगीत रहेको छ।

सार्वजनिक भिडियोमा फिल्ममा समावेश दृष्यहरू देखाइएको छ। रोचक तस्वीरहरूलाई प्रस्तुत गरिएको गीतको एनिमेटेड भिडियो विजय बस्यालले तयार पारेका हुन्।

बैशाख १४ गतेदेखि प्रदर्शनमा आउने यस फिल्ममा केकी अधिकारी, विनोद न्यैपाने, ऋचा शर्मा, प्रियंका कार्की, बुद्धि तामाङ, रवीन्द्र झा, सुजन कार्की, कुशाग्र भट्टराईलगायतको अभिनय रहेको छ। अर्जुन तिवारीले खिचेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्।

फिल्ममा र कालीप्रसाद बाँस्कोटासँगै अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ। विशाल भण्डारीको निर्देशनमा तयार भएको यस फिल्ममा केकी, भद्रबहादुर शाही, देवीलाल न्यौपाने पण्डित र शिवप्रसाद चौलागाईंको संयुक्त लगानी रहेको छ।

हेर्नुहोस् गीत :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.