|

कपिलवस्तु : एक १७ वर्षकी युवतीलाई नियन्त्रणमा लिई अपहरण गरेको अभियोगमा तीन जना युवालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। 

गत शुक्रबार राती युवती शौचालय जाँदा दुईवटा अनटेस्ट मोटरसाइकलमा आएका युवकले अपहरण गरी भारत लैजाँदै गरेको अवस्थामा युवकहरू पक्राउ परेका हुन्। 
रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको एकला–भरवालियाबाट उक्त युवतीलाई अपहरण गरी ती युवकले भारततर्फ लैँजादै थिए। उनीहरूलाई कपिलवस्तुको शुद्धोधन गाउँपालिका– ५ स्थित सीमा प्रहरी चौकी शिवलवा–दोहनीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा कपिलवस्तुको मायादेवी गाउँपालिका– २ मनखोरिया बस्ने १८ वर्षका बलिउद्दिन मुसलमान, १७ वर्षका अफरोज अहमद मुसलमान र १८ वर्षका नसिम अहमद मुसलमान रहेको प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले बताए। 

अपहरणका मुख्य योजनाकार अन्य एक जना हाल फरार रहेकाले घटनाको विस्तृत जानकारी अझै नआएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए। घटनाको अनुसन्धान सूक्ष्म रूपमा भइरहेकाले मुख्य योजनाकारसमेत छिट्टै पक्राउ पर्ने कार्कीले बताए। 

गत शुक्रबार राती २ बजे विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.