|

काठमाडौं : पछिल्लो समय टेलिभिजनहरूले रियालिटी शोलाई महत्त्व दिँदै आइरहेका छन्। टेलीभिजन दर्शकहरूले पनि यस्ता शोहरूलाई रुचाइरहेका छन्।

सोमबार 'ओमेगा इन्टरटेन्मेन्ट'ले राजधानीमा एक कार्यक्रमको आयोजना गरी यस्तै एउटा रियालिटी शो गर्ने घोषणा गरेको छ। 'नेपाल्स मेघा सिनेस्टर' नामक उक्त रियालिटी शो एपी वान टेलिभिजनबाट प्रशारण हुनेछ।

देशका कुना काप्चामा लुकेर बसेका प्रतिभाहरूलाई अगाडि ल्याउनका लागि शो गर्न लागिएको आयोजक टिमले जनकारी दिएको छ। यस शोमा अभिनयको प्रतिस्पर्धा गराइनेछ। पहिलो चरणमा देशका पाँच मुख्य शहरहरू काठमाडौं, पोखरा, इटहरी, बुटवल र नेपालगन्जबाट प्रतिभाहरूलाई प्रतिस्पर्धाको माध्यमबाट छनोट गरी फाइनल प्रतिस्पर्धाका लागि काठमाडौं ल्याइनेछ।

प्रतिस्पर्धाबाट प्रथम हुनेले एउटा फिल्ममा मुख्य भूमिकामा अभिनय गर्न पाउने अवसरसहित करिब एक करोड रुपैयाँ बराबरको पुरस्कार पनि जित्न सक्ने बताइएको छ। यस प्रतियोगिताका जुरीहरूमा निश्चल बस्नेत, शोभित बस्नेत र माल्भिका सुब्बा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.