|

काठमाडौं : त्रिभुवन विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको बताइएको छ। प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार मृतकमध्ये केहीको उपचारको क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको हो।

२२ जना घाइते रहेका छन्। घाइते मध्यै केएमसी सिनामंगलमा ८ जना, ओम अस्पतालमा एक, बाँसबारी न्यूरो अस्पतालमा एक, नेपाल मेडिसिटीमा एकजना लगायत विभिन्न अस्पतालमा घाइतेको उपचार भइरहेको पोखरेलले जानकारी दिए।  

विमानमा ६७ जना यात्रु रहेका अध्यागमन विमागले जानकारी दिएको छ। विमानमा चारजना चालक दलका सदस्य रहेका थिए।

यात्रुमध्ये पुरुष ३७, महिला २८ र २ जना बालबालिका रहेका थिए । तीमध्ये ३३ जना नेपाली, एक चिनियाँ र अन्य ३३ जना बंगलादेशी नागरिक रहेको बताइएको छ।

विमानका चालक पृथुला रशिद र चालक दलका सदस्य ख्वाजा हुसेन र इन्जिनियर रकिबुल हुसेन रहेको र उनीहरूको मृत्यु भइसकेको बताइएको छ।

अध्यागमन विभागले दिएको जानकारी अनुसार विमानमा रहेका यात्रुहरूको नामावली:

रिजना अब्दुल्लाह,

फोयसल अहमद,

सहरिन अहमेद,

एकुव अली,

फुजमन अली,

अलमुन नाहर आन्ने,

विलकिस अरा,

शीला बजगाईं,

बेगम हुरुन नाहार विल्क्विस बानु,

अल्जिना बराल,

चारु बराल,

अख्तरा बेगम,

मोहम्मद सहिन बेपारी,

सोबिन्द्रसिंह बोहरा,

बसन्त बोहोरा,

समिरा व्यञ्जनकार,

प्रविन चित्रकार,

नाजिया अफ्रिन चौधरी,

सजना देवकोटा,

प्रिन्सी धामी,

कुमारी गुरुङ,

रिजवानुल हक,

रोकिवुल हसन,

मेहेदी हसन,

इमराना कविर हासी,

मोहम्मद कविर हुसैन,

दिनेश हुमागाईं,

सञ्जिदा हक,

मोहम्मद हसन इमाम,

मोहम्मद नजरुल इश्लाम,

श्रेया झा,

पूर्णिमा लोहनी,

मेली महर्जन,

निगा महर्जन,

सञ्जय महर्जन,

जङ मिङ,

अखि मोनी,

मिनाज विन नासिर,

केशव पाण्डे,

प्रशन्ना पाण्डे,

विनोदराज पौड्याल,

हरिशंकर पौड्याल,

सञ्जय पौडेल,

एफएच प्रिओक,

तमरा प्रिओनमोई,

मोहम्मद मथुर रहमान,

मोहम्मद रहमान,

आशिष रञ्जित,

तहिरा तान्भिन शाशी रेजा,

पिअस रोय,

शेख रसिद रुवायेत,

कृष्णकुमार सहनी,

उम्मे साइमा,

आश्ना शाक्य,

सनम शाक्य,

एञ्जिला श्रेष्ठ,

सरुना श्रेष्ठ,

सैयद कामरुन्नाहर स्वर्ण,

हरिप्रसाद सुवेदी,

दयाराम ताम्रकार,

बालकृष्ण थापा,

श्वेता थापा,

किशोर त्रिपाठी,

अबदेसकुमार यादव,

अनिरुद्ध चौधरी जमान,

मोहम्मद नुराज जमान,

मोहम्मद रफिक्ज जमान।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.