|

काठमाडौं : घोष्ट राइटिङ नेपालको प्रस्तुति 'गीत, गजल र शीतल'को पहिलो शृंखला सम्पन्न भएको छ।

नायाँ बानेश्वर थापागाउँस्थित कुञ्ज नाटक घरमा गजलकार साकिव हारूनी, शीतल कादम्बिनी र इम्तियाज वफाले आफ्ना गीत, गजल र मुक्तक सुनाएका थिए।इम्तियाज वफाले प्रेमका गजल तरन्नुम शैलीमा प्रस्तुत गरे।

वक्त के साँचे में तुम को अभी ढलना होगा

यानी कि पैतरा तुम को भी बदलना होगा

वफाका गजललाई दर्शकले तालीले साथ दिए। अर्का गजलकार साकिव हारूनीले प्रेमका अब्बल शेर सुनाए।

तुम मेरे ख्वावो कि तमविर भी ही सकती हो

मैं तो राँझम हुँ मेरी हिर भी हो सकती हो

यी शेर सुनाउँदा हारूनीलाई पनि दर्शकले साथ दिए।

जबदेखि तिम्रो वास्ना आयो मन्दमन्द

बगैँचामा डुल्न मैले गरिदिएँ बन्द

कार्यक्रममा शीतल कादम्बिनीले पनि आफ्ना गीत, गजल प्रस्तुत गरिन्। साहित्यलाई पनि उद्योगका रूपमा विकास गर्नका निम्ति गीत, गजल र शीतल शृंखला हरेक महिना संचालन गर्ने कुञ्ज नाटक घरका संस्थापक पवन ढकालले जानकारी दिए। उनले भने, 'साहित्यप्रेमी हरेक व्यक्तिले साथ दिए मात्र साहित्यको उत्थान हुनेछ।'

कादम्बिनी गीतकार तथा गजलकार हुन् भने साकिव हारूनी उर्दू एकेडेमीका अध्यक्ष हुन्। इम्तियाज वफा उर्दू एकेडेमीका पूर्व अध्यक्ष हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.