|

गुल्मी : गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार जिल्लाको छत्रकोट गाउँपालिकाको दिगाम मौलिपुलबाट श्रुङ्गातर्फ आउँदै गरेको लु१च ३१२५ नम्बरको पिकअप जीप दुर्घटना हुँदा चालककाे मृत्यु भएको हो। 

रुरु गाउँपालिका- ३ का ४८ वर्षका जीप चालक कृष्ण ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए। दुर्घटनामा परेर घाइते भएका चालक ज्ञवालीलाई थप उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जीप सडकबाट करिव ४० मिटर तल खसेको थियो। बाटो उकालो भएको र स्टेरिङ अनियन्त्रित भएका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.