|

चितवन : सोमबार काठमाडौंमा भएको युएस बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा वरिष्ठ न्युरो सर्जन बालकृष्ण थापाको निधन भएको छ।

बंगलादेशमा भएको चिकित्सासम्बन्धी सेमिनारमा भाग लिएर थापा सोही विमानमा नेपाल फर्कंदै थिए। डा. थापा भरतपुरमा रहेको चितवन अस्पताल प्रालि तथा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत थिए।

कुसादेवी– ३, काभ्रेमा जन्मिएका डा. थापा चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्जका गोल्ड मेडालिस्ट डाक्टर हुन्। उनले चिकित्सा क्षेत्रमा अध्ययनका क्रममा तीन पटकसम्म स्वर्ण पदक प्राप्त गरेका छन्। थापाले बंगलादेशको ढाकामा रहेको बंगबन्धु शेख मुजिब चिकित्सा विश्वविद्यालयबाट न्युरो सर्जरीमा एमडी गरेका थिए। 

न्युरो सर्जरीमा लामो समय योगदान गरेका कारण उनले धेरै पुरस्कार र सम्मान पाइसकेका छन्। 

साहित्यमा समेत सक्रिय थापाका 'डाक्टरी कविता' (२०६१), 'डाक्टरका कविता' (२०६९) कवितासंग्रह र 'चिरफार' (२०७०) निबन्धसंग्रह प्रकाशित छन्। यसका साथै उनले चिकित्सा क्षेत्रबारेको आफ्नो अध्ययन र शोधलाई समेटेर सन् २०१३ मा ‘न्युरो अंकोलोजी’ पुस्तकसमेत प्रकाशन गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.