|

काठमाडौं : रोहित कुमार पौडेल र सोमपाल कामीले छैटौं विकेटका लागि ८९ रनको अविजित साझेदारी गरेपछि नेपालले विश्वकप छनोटको समुहचरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले पराजित गरेगरेसँगै नयाँ आसा सिर्जना भएको छ।

जितपछि नेपाल चौंथो स्थानमा रहन सफल भएको छ। अब नेपालले  एकदिवसीय मान्यताका लागि क्रस प्लेअफ खेल्ने छ। समूह बी को चौथो स्थानमा रहेको नेपालले समूह ए को पाँचौं स्थानमा रहेको पपुवा न्यूगिनीसँग क्रस प्लेअफ खेल्नेछ। उक्त खेलमा विजयी भएमा नेपालले सातौं स्थानका लागि अर्को खेल खेल्ने छ। जुन खेलमा जित निकाले नेपालले एकदिवसीय मान्यता प्राप्त गर्ने छ। अर्को प्लेअफ हङकङ र नेदरल्याण्ड्स बीच हुनेछ। हङकङ समूह बीको पाँचौं र नेदरल्याण्ड्स समूह एको चौथो भए।

सुपर सिक्स समीकरण पूरा

सोमबार भएको समूहचरणको अनितम खेलसँगै सुपर सिक्स समीकरण पूरा भएको छ। समूह ‘ए’ बाट वेस्टइंडिज, आयरल्यान्ड र युएइले अन्तिम ६ मा स्थान बनाउँदा नेपालको समूह रहेको ‘बी’ बाट आयोजक जिम्बाबेसहित स्कटल्यान्ड र अफगानिस्तानले अन्तिम ६ मा स्थान बनाए।

हङकङसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको अफगानिस्तानका लागि नेपाल खेलमा भर परेर बसेको थियो। अफगानिस्तानले सुरुवातका तीनै खेल हारे पनि नेपालविरुद्ध एकमात्र जित निकालेपछि उसको रनरेटका आधारमा अघिल्लो चरण प्रवेशको सम्भावना थियो। तर त्यसका लागि नेपालले हङकङलाई पराजित गर्नु पर्ने थियो। जसमा नेपालले हङकङलाई पराजित गरेपछि राम्रो रनरेटका आधारमा नेपाल र हङकङ समान २ अंक भएपनि शीर्ष ६ मा स्थान बनाउँदै सुपर लिगमा पुग्न सफल भयो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.