|

डोटी :  डोटीको शिखर नगरपालिका–२ की धौली नेपालीको घरमा पक्की चर्पी छ तर उनी महिनामा पाँच दिन दिसा पिसाब गर्न घर नजिकैको खुला ठाउँ रोज्छीन् ।

धौली मात्र होइन यो वडाका प्रायः महिला महिनावारी हुँदा घरमा भएको शौचालय प्रयोग नगरी खोलानाला र खुल्ला ठाउँमा दिसा गर्न जान्छन्। छाउपडी प्रथाका कारण महिलाले महिनावारी हुँदा शौचालय प्रयोग नगरी खुला ठाउँ रोज्ने गरेका हुन्। 

सुदूरपश्चिममा महिला महिनावरी हुने प्रक्रियालाई छाउन हुने भनिन्छ। छाउपडी प्रथाका कारण महिलले महिनावरीभएको समयमा शैचालय छसँदा अशुद्ध हुने मान्यताका कारण महिलाले  महिनावारी हुँदा शौचालय प्रयोग गर्दैनन्।

शिखर नगरपालिकाकी स्थानीय बाटु नेपालीीले भनिन्, चर्पीभित्र पानी राखिएको हुन्छ, हामी छाउ भएको बेला चर्पीभित्र बसे भने पार्नी छाेइन्छ। छोएको पानी अरुले प्रयोग गर्न मिल्दै, यो सबै भण्झट भन्दा खोलामा गए राम्रो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.