|

काठमाडौं : उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय नाकाबन्दीका बाबजुद सिंगापुरको कम्पनीले विलासिताका सामान निर्यात गरेको दाबी गरिएको छ।

संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले यस्तो दाबी गरिएको हो। यससम्बन्धी अन्तिम रिपोर्ट सुरक्षा परिषद्मा पेश गरिसकिएको छ र यो यसै हप्ताभित्र प्रकाशित गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

सिंगापुरको कम्पनीले नाकाबन्दी उल्लंघन भएको प्रमाणित भए यस्तो कार्य एसियाबाट विस्तार भएको हुन सक्ने आशंका जन्माउने बताइएको छ। सिंगापुर सरकारले घटनाबारे सचेत रहेको भन्दै अनुसन्धान शुरु गरेको छ। राष्ट्रसंघ र सिंगापुर दुबैले उत्तर कोरियामाथि सामान बिक्रीमा प्रतिबन्ध लगाएका छन्। प्योङयाङले लगातार आणविक कार्यक्रम अगाडि बढाइरहेपछि दुई वर्ष यता अन्तर्राष्ट्रिय प्रतिबन्ध थप कडा पारिएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.