|

पोखरा  : अभिभावक संघ नेपाल कास्कीद्वारा सोमबार आयोजित संघीयतामा शिक्षा विषयको अन्तक्र्रियामा शिक्षा समयसापेक्ष गुणस्तरीय अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्नसक्ने बन्नुपर्नेमा जोड दिइएको छ। 

‘संघीयतामा शिक्षा’ विषयको कार्यपत्र प्रस्तुत गर्दै शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले गुणस्तरीय शिक्षाका लागि शिक्षक जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै घोकन्ते शिक्षा प्रणालीलाई त्याग्दै व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताए। 

अभिभावक संघ नेपाल कास्कीका अध्यक्ष हेमराज बरालले गुणस्तरीय शिक्षा भएमा मात्र उत्पादित जनशक्तिले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने धारणा राखे। उपजिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले दक्ष जनशक्ति तयार गर्ने महत्वपूर्ण जिम्मा पाएको शिक्षा संस्थालाई संघीय व्यवस्थामा अझै जिम्मेवार एवं व्यवस्थित गरिनुपर्ने धारणा राखे। 

पोखरा लेखनाथ महानगरपालिका शिक्षा विभागका प्रमुख केदारनाथ आचार्यले आगामी दिनमा शिक्षालाई कसरी अझै गुणस्तरीय बनाउन सकिन्छ भन्नेतर्फ सरकार लाग्नुपर्ने बताए। कार्यक्रममा प्याब्सन प्रदेश - ४ का अध्यक्ष माधवशरण उपाध्याय, एनप्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीलगायतले गुणस्तरीय शिक्षाका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.