|

श्रीलंकामा भैरहेको टी–ट्वान्टी त्रिकोणात्मक श्रृङ्खलाको चौथो खेलमा भारतले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ। 

टस हारेर ब्याटिङ गरेको श्रीलंककाले १९ ओभरमा ९ विकेट गुमाउँदै १५२ रनको बनाएको थियो। १५३ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ४ विकेट गुमाउँदै १७ ओभर ३ बलमा नै जित हासिल गर्यो।

श्रीलंकामा भैरहेको यो त्रिकोणीय श्रृङ्खलामा भारतको यो दोस्रो जित हो । पहिलो खेल श्रीलंकासँगै हारेको भारतले दोस्रो खेलमा भने बंगलादेशलाई हराएको थियो। श्रीलंकाका लागि मेन्डिसले सर्वाधिक ५५रन, उपल थरंगाले २२ रन तथा गुणतलिकाले १७ रनको योगदान दिए।

जवाफि व्याटिङ गरेको भारतले मनिष पाण्डेले नटआउट ४२ रन बनाउंदा दिनेश कार्तिक ३९ रनमा अविजित रहे। भारतका लागि शार्दुल ठाकुरले उत्कृष्ट बलिङ गरे। उनले २७ रन दिएर चार विकेट लिए। उत्कृष्ट बलिङ गरेका ठाकुर म्यान अफ् द म्याच पनि घोषित भए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.