बारा : नेपाल आइस चौथो निजगढ गोल्डकपको सेमिफाइनल प्रवेशका लागि मंगलबार नेपाल खेलकुद क्लब रौतहट र हर्दि युवा समाज चितवनबीच प्रतिस्पर्धा हुँदैछ। खेल निजगढ–४ स्थित कछडिया खेल मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ।
रौतहट प्रिक्वाटरमा एफसी महोत्तरीलाई हराउँदै क्वाटरफाइनलमा पुगेको हो। चितवन भने बाई पाएर रौतहटसँगको भेट निश्चि गरकोे हो।
चैत ३ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।