काठमाडौं : सोमबार विमान दुर्घटनामा परेर ४९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। मृतक सबैको त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
मंगलबारदेखि मृतकको शवलाई पोष्टमार्टमबाट परिवारलाई बुझाउने कार्य भइरहेको छ। हालसम्म ३ वटा शव मात्र पहिचान भए पनि धेरै शवहरु पहिचान गर्न अफ्ठ्यारो भइरहेको र त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विभागका चिकित्सकले बताएका छन्।
प्राय धेरै शवहरूको बाहिरी भाग जलेका हुनाले पहिचान गर्न अप्ठ्यारो भइरहेको छ सम्पूर्ण शव पहिचान भएर परिवारलाई जिम्मा लगाउन अझै केही दिन लाग्ने त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विभागका चिकित्सक डा. हरिहर बस्तीले भने।
उनले भने, 'आगोले जलेका कारणले प्राय शवको बाहिरी भाग पूरै जलेको हुनाले हामीलाई कसको शव हो भनेर पहिचान गर्नै अप्ठ्यारो भइरहेको छ, हाल हामीले परिवारका मानिसहरूसँग मृतकको शारीरिक विवरण, फोटोहरू संलग्लन गरिरहेका छौँ 'जसले गर्दा सम्पूर्ण शव पहिचान गरेर परिवारलाई बुझाउन एक हप्तासम्म लाग्न सक्छ।'
हाल शिक्षण अस्पतालमा ४९ जनाको शव रहे पनि तीनजनाको अझै परिचय खुल्न नसकेको अस्पतालले जनाएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा रनवेबाट बाहिर गएर सोमबार अपराह्न २ बजेर २० मिनेटमा दुर्घटना भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।