|

काठमाडौं : राष्ट्रपति पदका लागि मंगलबार बिहान सुरु भएको मतदान १ बजेसम्म पनि जारी छ। मतदान अन्तिम चरणमा पुगेको छ।

सवा १ बजेसम्म प्रदेशसभा तर्फका ५४९ मतदाता मध्ये ४२० जनाले मतदान गरेको राष्ट्रपति निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको थाहाखबर संवाददाता लिलाराज खनालले जानकारी दिएका छन्।

मतदान सकिएलगत्तै मतगणना सुरु हुने र आजै मतपरिणाम आउने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

त्यस्तै, यो समाचार तयार पार्दासम्म संघीय संसदतर्फका ३३१ मतदातामध्ये ३०६ जनाले मतदान गरिसकेको बताइएको छ।

संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका लागि मतदान भइरहेको हो। संघीय संसद भवनमा बिहान १० बजेदेखि जारी मतदानमा संघीय संसदका सांसदहरुले मतदान अन्तिम अवस्थामा पुगेको छ।

अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेताहरुले मतदान गरिसकेका छन्।

राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा छन्। राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.