|

काठमाडौं : संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका लागि मतदान भइरहेको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि जारी मतदानमा संघीय संसदका सांसदहरूले मतदान अन्तिम अवस्थामा पुगेको छ।

राष्ट्रपति पदका लागि वाम गठबन्धनले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसले पूर्व सांसद कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएको छ।

राष्ट्रपतिको निर्वाचनमा प्रदेशसभा तर्फका ५४९ मतदाता रहेका छन् भने संघीय संसदतर्फ ३३१ मतदाता रहेका छन्। राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था छ।

अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेताहरुले मतदान गरिसकेका छन्।

मतदान सकिएलगत्तै मतगणना सुरु हुने र आजै मतपरिणाम आउने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

हेर्नुहोस् फोटो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.