|

आफ्नो तीव्र बलिङका कारण विश्वचर्चित रहेका अस्ट्रेलियन स्टार बलर मिचेल जोनसोनको टाउकोमा गम्भीर चोट लागेको छ। जिममा वर्कआउटका दौरान उनको टाउकोमा चोट लागेपछि उनलाई १६ टाँका लगाइएको छ।

जोनसोनले सामाजिक सञ्जाल ट्वीटरमा एक तस्बीर पोस्ट गर्दै आफू घाइते भएको स्पष्ट पारे। उनले तर आफूलाई ठीक रहेको भन्दै चाँडै मैदानमा आउने बताए।
३६ वर्षीय जोनसोनलाई आइपिएलमा जारी सिजन कोलकाता नाइट राइडर्सले टिममा अनुबन्धन गरेको छ। जोनसोनलाई उनको बेस प्राइस २ करोडमा केकेआरले आबद्ध गरेको हो। केकेआरले उनी चाँडै ठीक हुने विश्वास लिएको छ। उनी गत सिजन मुम्बई इन्डियन्समा आबद्ध रहेका थिए।

बायाँ हात चलाउने तीव्र बलर मिचेलले अस्ट्रेलियाका लागि ७३ टेस्ट,१५३ एकदिवसीय र ३० टि-२० प्रतियोगिता खेलका छन्। जोनसोनले ३.३३ को उत्कृष्ट औसतमा ३ सय १३ विकेट लिएका छन् । टेस्टमा १२ पटक पाँच विकेट लिने खलाडीको कीर्तिमान पनि उनीसँग रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.