|

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबारसम्म मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएका छन्।

प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग मंगलबार बिहान पनि मन्त्रीपरिषदलाई पूर्णता दिने विषयमा लामो छलफल गरिएको बताएका थिए।

मंगलबार संघीय संसद भवन परिसरमा राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि संचारकर्मीमाझ बोल्दै उनले सबै निर्वाचन आधारभूत रुपमा सम्पन्न भइसकेको उल्लेख गर्दै मुलुक अब स्थिरता र विकासको नयाँ लडाईँमा प्रवेश गरेको पनि बताए।

उनले राष्ट्रपतिसहित सबै तहको निर्वाचन सम्पन्न हुनु सिंगो देशकै निम्ति खुसीको कुरा भएको पनि प्रतिक्रिया दिए।

अध्यक्ष दाहालले यो वर्ष चुनावी वर्षको रुपमा इतिहासमै दर्ज भएको पनि उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.