|

विश्वकप छनोट प्रतियोगिताबाट लगभग बाहिरिइसकेको अफगानिस्तानलाई सुपर सिक्समा पुर्‍याउन निर्णायक भूमिका खेलेका नेपाली ब्याट्सम्यान रोहितकुमार पौडेललाई अफगानिस्तानका कप्तान अस्घर स्टानिकले ब्याट उपहार दिएका छन्।

नेपालले हङकङलाई हराएर अफगानिस्तानलाई सुपर सिक्समा पुग्न ठूलो योगदान गरेको थियो। यसका कारण अफगानिस्तानका नियमित कप्तान अस्घर स्टानिकले रोहितकुमार पौडेललाई अाफ्नै ब्याट उपहार दिएका हुन्। अफगानिस्तान शीर्ष ६ मा पुग्न पनि नेपालले जित्नै पर्ने खेलमा १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ६६ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो। त्यसपछि सोमपाल र रोहितले उत्कृष्ट साझेदारी गर्दे अविजित पारी खेल्दै जीत दिलाएपछि अफगानिस्तान उत्साही बनेको थियो।

चोटका कारण अस्घरले यो विश्वकप छनोट खेल्न पाएनन्। उनको ठाउँमा रसिद खानले कप्तानको जिम्मेवारी निर्वाह गरेका थिए। अस्घरबाट ब्याट पाउने पौडेल हङकङसँगको खेलमा म्यान अफ द म्याच भएका थिए। नेपाललाई ५ विकेटले जिताउने क्रममा उनले ८२ बलमा नटआउट ४८ रन बनाए। छैटौँ नम्बरमा ब्याटिङमा आएका उनले सातौँ नम्बरका सोमपाल कामीसँग अविजित ८९ रनको साझेदारी गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.