समाज

पशुपतिनाथ महोत्सवको तयारी पूरा
SHARES

फागुन २९, २०७४

    काठमाडौं : पशुपतिनाथ महोत्सवको तयारी पूरा भएको छ। वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको हो।

    यही फागुन ३० देखि चैत ७ गतेसम्म महोत्सव आयोजना हुँदैछ। धार्मिक र सांस्कृतिक महत्व बोकेको उक्त महोत्सवबाट धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ।

    पाशुपत् क्षेत्रमा परम्परादेखि मनाउँदै आएको स्थानीय जात्रा दुरुच्याःच्याको शुभारम्भ फागुन २६ गतेदेखि भएसँगै उत्साह बढेको छ। अगामी चैत ७ गतेसम्म स्थानीय पाँचहरे जात्रा एवं देशोद्धार पूजालगायत जात्रा पर्व आयोजना हुने भएकाले सो महोत्सवलाई थप आकर्षक बनाइने संयोजक केदारमान भण्डारीले बताए।

    महोत्सवका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ। महोत्सवमा धार्मिक गोष्ठी प्रवचनका अतिरिक्त तस्वीर, वृत्तचित्र प्रदर्शनी, नेवारी तथा अन्य परिकार, कला संस्कृति प्रदर्शन गरिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहनेछ।

    उक्त महोत्सवमा श्रीमद् भागवत कथा, पाहाँचह्रे जात्रालगायतको अवलोकन, संगीतमय महाआरती, दुर्लभ धार्मिक पुस्तक प्रदर्शनी, नेपाल र भारतका वरिष्ठ कलाकारद्वारा शास्त्रीय तथा भक्तिसंगीतसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।

    निःशुल्क ध्यान तथा योग शिविर, अन्तरविद्यालय शास्त्रीय नृत्य तथा भक्ति संगीत प्रतियोगिता, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, खाना महोत्सव, पशुपति तथा जात्रा सम्बन्धी वृत्तचित्र र विशिष्ट धार्मिक गुरुद्वारा वैदिक प्रवचन, धर्मध्वज तथा राष्ट्रिय झण्डाको विशाल रुपको दर्शन, शिवपार्वतीको ताण्डवसहित मूर्तिको दर्शनलगायत कार्यक्रम गरिनेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]