|

काठमाडौं : पुनर्गठित मन्त्रालयले आफ्नो नामअनुसारको साइनबोर्ड राख्न थालेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ३१ वटा मन्त्रालयलाई समेटेर १८ वटा मन्त्रालय बनाएपछि पुनर्गठित मन्त्रालयहरूले साइनबोर्ड परिवर्तन गर्न थालेका हुन्।

हालै जारी भएको नेपाल सरकारको कार्यविभाजन नियमावली, २०७४ अनुसार सम्बद्ध मन्त्रालयका काम कर्तव्य र अधिकारसमेत विभाजन गरिसकेपछि पुनर्गठित मन्त्रालयले सोही बमोजिम आफ्नो नाम राख्न थालेको कार्यालयका सहसचिव डिल्लीराम शर्माले बताए।

अहिले जलस्रोत तथा ऊर्जा, खानेपानी तथा शहरी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयले नाम परिवर्तन गरिसकेका छन्।

यस्तै संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नामसमेत परिवर्तन गरिसकिएको छ।

पुनर्गठित मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाहेक अन्य १२ मन्त्रालयले नाम परिवर्तन गर्नुपर्ने हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.