|

  • धर्मराज जि.सी.

सुर्खेत : हातमा बेल्चा लिएर केही मनिसहरू माटो यताउता सार्दै थिए भने केही मानिस हातमा फरुवा समाएर कालो पत्रे गरिएको बजार क्षेत्रको सडकका खाल्डा खुल्डीमा माटो गिट्टी हालेर पुर्दै थिए।

सडकमा काम चल्दै गर्दा साना तथा ठूला सवारी साधनहरू हुइँकिएर यताउता गर्दै थिए भने पैदल यात्रीहरू नाक मुख छोपेर हिँडिरहेका थिए। यो दृश्य हिजोआज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित जीर्ण सडकमा देखिने दृश्‍य हो।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई तोकिइसकेपछि जनताको सबैभन्दा नजिकको अधिकार सम्पन्न स्थानीय सरकार वीरेन्द्रनगर नगरपालिकाले अहिले सुर्खेत बजारमा कालोपत्रे भत्किएर बनेका खाल्डाखुल्डी माटो र गिट्टी हालेर पर्ने काम गरिरहेको छ।

निर्वाचित भएको झण्डै एक वर्ष बित्न लाग्दा पनि अहिलेसम्म सडकको मर्मत गर्न नसकेको वीरेन्द्रनगर नगरपालिकाल नागरिकको तीव्र गुनासोपछि जीर्ण सडकको मर्मत गर्ने भन्दै सडकका खाल्डाखुल्डी माटो र गिट्टीले पुर्ने कार्य तीव्र रुपमा गर्न लागेको हो।

कर्णाली प्रदेशको प्रान्तीय राजधानीका रुपमा रहेको वीरेन्द्रनगरस्थित विभिन्न क्षेत्रमा सडकको हालत लाजमर्दो अवस्थामा छ। सडकको छेउ छाउ देखि बीचसडकमा समेत कालोपत्रे उक्किएर ठूला ठूला खाल्डा परेका छन्।

वीरेन्द्रनगरका कालिञ्चोक, धमला चोक, जिल्ला प्रहरी कार्यलय हुदै घण्टाघर चोक जाने सडक खण्डमा  ठुला ठुला खाल्डा परेर पानी परेको समयमा छेउछाउमा समेत हिलाम्य हुने गर्दछ भने सुख्खा याममा धुलाम्य हुने गर्दछ जसको प्रत्यक्ष प्रभाव सडक छेउका व्पापारी र पैदल यात्रीलाई पर्ने गरेको छ।

त्यस्तै  मंगलगढी चोक लाटिकोईली हुदै पर्यटकीयस्थल काक्रेविहारतर्फ जाने सडकको अवस्था पनि नाजुक छ। निर्वाचन जितेको केहि समय भित्र नगर भित्रको सडकको स्थरउन्नती गर्ने आश्वासन दिएर भोट लिएका जनप्रतिनिधिले अहिले सम्म सडकको स्तरोन्नति नगर्दा नागरिकले पीडा भोगिरहेका छन।

सडकमा पैदल हिँड्न पनि नागरीकलाई समस्या हुने गरेको छ।जसका कारण नागरिकले चर्को आलोचना गर्दै आएका छन। स्थानीय विक्रम नेपालीले पिज भएको सडकमा खाल्डा पुर्ने नाममा माटो र गिट्टीको प्रयोग गरेर सडकको स्तर झन घटाएको बताए। सडकमा हिडने मान्छेलाई झन धुुलोले समस्या भएको बताउदै नेपालीले बजेट सक्ने काम मात्र भएको गुनासो गरे।

सडक मर्मतमा मात्र ६५ करोड चाहिन्छ : नगरप्रमुख सुवेदी

यसअघि, नगरपालिकाले ‘बजार एवं सहर व्यवस्थापन अभियान २०७४’ अन्तर्गत नगरलाई स्वच्छ र सुन्दर बनाउन विशेष अभियान संचालन गरे पनि नगरको मुहारमा खासै परिवर्तन हुन सकिरहेको छैन।

पहिलो चरणमा नगरपालिकाले नगरभित्रका सडकका खाल्डा खुल्डी मर्मतका लागि वडा नं. ७ र ८ मा आठ/आठ लाख रकम विनियोजन गरेको वीरेन्द्रनगर नगरपालिका मेयर देवकुमार सुवेदीले जानकारी दिए। नगरपालिका भित्रका सबै कालोपत्रे गरिएको सडकमा भएका खाल्डाखुल्डी मर्मत गर्न मात्र ६५ करोडको आवश्यक्ता पर्ने सुवेदीले बताए।

तर अहिले नगरपालिकासँग एक करोड मात्र बजेट भएकाले पहिलो चरणमा माटो र गिट्टीले खाल्डाखुल्डी पुर्ने काम गरिएको मेयर सुवेदीको भनाई छ। आवश्यक बजेटका लागि प्रदेश सरकार ,केन्द्र सरकार र सडक डिभिजनमा माग गरिसकिएको उनले बताए। वर्षा यामको सुरुवात हुनुभन्दा अघि नै नगरभित्रका सडक मर्मत गरीसक्ने गरी नगरपालिकाले योजना बनाएको सुवेदीको भनाइ छ।

अहिले तत्कालै मुख्यमन्त्रीको कार्यलय जाने बाटो, धमलाचोक, जिल्ला प्रहरी कार्यलय हुदै घण्टाघर चोकतर्फको सडक, नगरपालिकाको दक्षिणतर्फको सडक त्यसैगरी शिवालय चोक, भू–संरक्षण कार्यलय जाने बाटोलगायत आसपासका सडकका खाल्डाखुल्डी पुर्ने अभियान रहेको वडा मेयर सुवेदीले बताए।  वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ७ र वडा नम्वर ८ मा छुटा छुटै समिति बनाएर सडकका खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.